Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

दूरसञ्चार प्राधिकरण नेपालमा बन्द गर्‍यो टेलिग्राम एप

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा टेलिग्राम एप बन्द गराएको छ ।

शुक्रबार एउटा सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राममार्फत अनलाइन ठगी भएको कारण नेपालमा टेलिग्राम बन्द गराएको हो ।

प्राधिकरणले टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने व्यवस्थाका लागि  सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई निर्देशन पनि दिएको छ ।

अनलाइन ठगी र  मनी लाउण्डरिङ्गको लागि टेलिग्राम एपको प्रयोग भएको प्राधिकरणको भनाइ छ ।