शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

बामदेवको जोश देखेर हाम्रो जागर बढेको छ: माधव नेपाल

बामदेवको जोश देखेर हाम्रो जागर बढेको छ: माधव नेपाल

श्रावण २, २०८२ शुक्रवार
श्रावण २, २०८२ शुक्रवार
  • बामदेवको जोश देखेर हाम्रो जागर बढेको छ: माधव नेपाल

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बामदेव गौतमको उर्जा र जोश देखेर आफुहरुको जागर बढेको बताएका छन् ।

    शुक्रबार काठमाडौंमा नेकपा एकीकृत समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै बामदेव गौतमसँग फेरी सहकार्य शुरु भएको, बामदेवको ७७ बर्षको जोश देखेर आफुहरु पनि प्रफुल्लित भएको र जागर बढेर गएको बताए । 

    अध्यक्ष नेपालले यो एकताले देशमा ठुलो जिज्ञासा र उत्सुकता प्रदान गरेको बताउदै आएका चुनौतीलाई सहि विचारले सामना गर्नुपर्ने बताए । बामदेवको आगमनले एकीकृत समाजवादीको शक्ति बढ्ने र देशभरका कार्यकर्तामा नयाँ उत्साह आएको नेपालले बताए ।

    नेपालले राष्ट्रिय एकता अभियानका अन्य असन्तुष्ट रहेकाहरुसँग पनि छलफल भइरहेको र छिटै एकताबद्ध गरिने बताए । आफुहरुले सम्भव हुनेसँग एकता गर्दै र सम्भव नभएकासँग मोर्चा बनाएर अगाडी बढिरहेको नेपालले बताए । अहिले समाजवादी मोर्चा कायम रहेको र नियमित गतिबिधि गरिरहेको बताए ।

    उनले नेकपा एमालेसँग एकताको कुनै सम्भावना नरहेको बताउदै एमालेभित्रको अवस्था आफुहरुले हेरिरहेको बताए । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार