शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

आवश्यकता परे यी हातहरू हतियारका रूपमा प्रयोग गर्छु: वामदेव गौतम

आवश्यकता परे यी हातहरू हतियारका रूपमा प्रयोग गर्छु: वामदेव गौतम

‘म एसएलसी मात्रै पास गरेको मान्छे हुँ, त्यो पनि थर्ड डिभिजन’

श्रावण २, २०८२ शुक्रवार
श्रावण २, २०८२ शुक्रवार
  • आवश्यकता परे यी हातहरू हतियारका रूपमा प्रयोग गर्छु: वामदेव गौतम

    नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानबीच एकता घोषणा भएको छ । आज (शुक्रबार) राष्ट्रिय सभागृहमा एक कार्यक्रम आयोजना गरी दुई पार्टीबीच एकता घोषणा गरिएको हो ।

    कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सोही पार्टीका सम्मानित नेता झलनाथ खनाल र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमसहित दुवै पार्टीमा आबद्ध नेता–कार्यकर्ताको सहभागिता रहेको थियो ।

    नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले आफूले जिम्मा लिएको आन्दोलन कहिल्यै असफल नभएको दावी गरेका छन् । पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले यस्तो दावी गरेका हुन् । ‘आवश्यकता पर्‍यो भने यी हातहरू हतियारका रूपमा प्रयोग हुन्छन्, हतियारका रूपमा प्रयोग गर्छु । अहिले पनि त्यसरी जान्छु । म आन्दोलनको व्यक्ति हुँ, नेता हुँ । मैले जिम्मा लिएको आन्दोलन असफल भएको छैन । सफलता मात्रै प्राप्त भएको छ,’ उनले भने ।

    ‘यो देश हाम्रो हो, यो देश हाम्रा पुर्खाले हामीलाई सुम्पेको हो । त्यही समाजवाद निर्माणका लागि सुम्पेको हो । हामी त्यसको निम्ति तयार हुनुपर्छ, त्यसको निम्ति लाग्नु पर्दछ’, नेता गौतमले भने । उनले भने, ‘चार वर्ष पहिले म आउन पाएको भए समाजवाद निर्माणको कुरो हुन्थ्यो । किनकि, म लागेपछि हुन्छ । म लागेपछि समाजवाद निर्माण हुन्छ । लाग्ने भनेको तपाईंहरूसित साथमा लाग्ने हो । एक्लै लाग्ने होइन । सिङ्गो समाज लाग्छ । त्यो आवश्यकता हो आजको । एक पटक पार्टीले निर्णय गरेर अब सुरु गरौँ भनौँ त, मैले किताब लेखेको छु, समाजवाद निर्माणसम्बन्धी हाम्रो योजना नेपालमै १२ सय खर्बको सम्पत्ति तयार गरेको छु, त्यति भएपछि हामीले समाजवाद निर्माण गर्न सकिन्छ ।’

    गौतमले आफू आज ज्यादै नै खुसी भएको बताएका छन् । उनले चार वर्षको प्रयासपछि दुई पार्टी एक भएको बताए । ‘आज म ज्यादै खुसी भएको छ । अलिअलि पनि होइन ज्यादै धेरै । मैले धेरै व्यक्त गर्न सक्दिनँ । नेकपा एकीकृत समाजवादीमा एकीकृत हुन चार वर्ष पहिलेदेखि सुरु गरें । मेरो पार्टी कार्यालय र यहाँ धेरै टाढा होइन तर मलाई यहाँ आउन चार वर्ष लाग्यो । मैले भने जसरी एकता भएको छ ।’

    उनले भने, ‘म धेरै हन्डर ठक्कर खाएर आएको हुँ । मैले एसएलसी मात्रै पास गरेको मान्छे छु त्यो पनि थर्ड डिभिजनमा बल्लबल्ल । तर आज मैले ब्रम्हाण्डमा विचरण गर्छु । कहिले म कन्टम सिद्धान्तमा विचरण गर्छु । साँच्चै आनन्दित भएको छु । अन्तिम अवस्थामा प्रवेश गरिरहेको छु । सय वर्ष त म बाँच्न पर्ने हो भन्ने मलाई लाग्छ ।’ उनले आफू सय वर्षको उमेर हुँदासम्म कम्युनिष्ट आन्दोलनलाई अघि बढाइरहने पनि बताए ।

    ‘त्यो बढी त बाँच्न आवश्यक पनि छैन । १०० वर्षसम्म मैले देशको कम्युनिष्ट आनदोलन अघि बढाउँछु । मैले मेरो जीवनमा के प्राप्त गर्नपर्छ भन्ने जान्ने भएपछि संकल्प गरेको छु । १) राजतन्त्रको अन्त्य । २) कम्युनिष्ट आन्दोलन एउटै बनाएर एक पार्टी बनाउने ।’ ०७५ सालमा दुई ठूला कम्युनिष्ट पार्टी मिलेर नेकपा बन्दा आफूलाई अब बाँकी केही छैन भन्ने लागे पनि त्यो टुंगोमा पुग्न नसकेकोमा दुःख व्यक्त गरे ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार