शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

शेखर कोइरालासँग भेटपछि विद्या भण्डारीले भनिन्- सहयोग पाउने आशामा छु

शेखर कोइरालासँग भेटपछि विद्या भण्डारीले भनिन्- सहयोग पाउने आशामा छु

श्रावण २, २०८२ शुक्रवार
श्रावण २, २०८२ शुक्रवार
  • शेखर कोइरालासँग भेटपछि विद्या भण्डारीले भनिन्- सहयोग पाउने आशामा छु

    सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पूर्व राष्ट्रपति एवं नेकपा एमालेकी नेतृ विद्या भण्डारीसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच शुक्रबार बिहान भण्डारीको निजी निवास चपली, बूढानीलकण्ठमा भेटवार्ता भएको हो ।

    सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीसँग कोइरालाले एक घण्टा लामो वार्ता गरेका हुन् । भेटमा भण्डारीले आफूलाई सहयोगका लागि कोइरालासँग आग्रह गरेकी थिइन् । कोइरालाले भण्डारीलाई राजनीतिमा आउनु सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए । राजनीतिमा प्रवेशसँगै सुशासनको पक्षमा आवाज उठाउन कोइरालाले भण्डारीलाई सुझाव दिएको स्रोतले जनाएको छ ।

    बेथिति, भ्रष्टाचार, कुशासनका विरुद्धका आवाजमा पूर्वराष्ट्रपति मुखरित हुनुपर्ने कोइरालाले उनीसँग विचार थिए । नयाँ राजनीतिक समीकरणको चर्चा चलिरहेको समयमा विद्यासँग शेखरको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । बिहीबार मात्र शेखरले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका थिए । यी भेटमा वैकल्पिक राजनीतिक गठबन्धन बनाउनेबारे छलफल भएको स्रोतको भनाइ छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट