शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

शेखर कोइरालाको दौडधूप: प्रचण्डपछि विद्या भण्डारीलाई भेट्न पुगे भंगाल, के-के भयो कुराकानी?

शेखर कोइरालाको दौडधूप: प्रचण्डपछि विद्या भण्डारीलाई भेट्न पुगे भंगाल, के-के भयो कुराकानी?

श्रावण २, २०८२ शुक्रवार
श्रावण २, २०८२ शुक्रवार
  • शेखर कोइरालाको दौडधूप: प्रचण्डपछि विद्या भण्डारीलाई भेट्न पुगे भंगाल, के-के भयो कुराकानी?

    पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भण्डारीलाई भेट्न भंगाल पुगेका कोइरालाले करिब एक घण्टा छलफल गरेका छन्।

    दुई नेताबीच देशको समसामयिक राजनीतिक परिस्थिति, सरकारको प्रभावकारिता र जनस्तरबाट उठिरहेको आम असन्तुष्टिको विषयमा भण्डारी र कोइरालाबीच कुराकानी भएको भण्डारीको सचिवालयले जनाएको छ।

    कोइरालाले बिहीबार मात्र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गरेका थिए । कोइराला आज बिहान ९ बजे भण्डारीलाई भेट्न उनकै निवास पुगेका हुन् । पूर्व राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा प्रवेश गरेको विषयले एमालेभित्र तरङ्ग पैदा भइरहेका बेला कोइरालासँग पार्टीको आन्तरिक अवस्था र सरकारको एक वर्षको समीक्षा भएको हो ।

    सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न नसकेको भन्दै नेता कोइरालाले दौडधूप बढाएका हुन् । हिजो मात्रै प्रचण्डसँग भेटवार्ता गरेका थिए । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार