शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

विद्या भण्डारी एमाले विधान महाधिवेशनको प्रतिनिधि बन्न नपाउने

विद्या भण्डारी एमाले विधान महाधिवेशनको प्रतिनिधि बन्न नपाउने

श्रावण २, २०८२ शुक्रवार
श्रावण २, २०८२ शुक्रवार
  • विद्या भण्डारी एमाले विधान महाधिवेशनको प्रतिनिधि बन्न नपाउने

    सत्तारुढ नेकपा (एमाले) को सचिवालय बैठकले दशौं महाधिवेशनका प्रतिनिधि मात्रै विधान महाधिवेशनको प्रतिनिधि बन्न पाउने निर्णय गरेको छ ।

    बिहीबार रातिसम्म चलेको बैठकले दोस्रो विधान महाधिवेशनमा प्रतिनिधि मनोनीत नगर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । योसँगै एमालेको सक्रिय राजनीतिमा फर्किएकी विद्या भण्डारी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुन लागेको दोस्रो विधान महाधिवेशनमा प्रतिनिधि बन्न नपाउने भएकी हुन् ।

    उनीसँगै मनोनीत भएका केन्द्रीय सदस्य पनि प्रतिनिधि बन्न नपाउने भएका छन् । स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने लगायत पनि प्रतिनिधि बन्न पाउने छैनन् । केन्द्रीय कमिटीमा मनोनीत भएकाहरू आयोजकको हैसियतले मात्रै सहभागी हुने ज्ञवालीले जानकारी दिए ।

    त्यस्तै सचिवालय बैठकले पदाधिकारी संख्या १५ रहने निर्णय गरेको उनले बताए । केन्द्रीय कमिटीको आकार भने २५१ सदस्यीय हुनेछ । उपाध्यक्ष विष्ण पौडेलले प्रस्ताव गरेको विधान संशोधनमा ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय कमिटी थियो । सचिवालय बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाएको हो ।

    एमालेको केन्द्रीय कमिटीमा तीन तहको संरचना रहनेछ । केन्द्रीय कमिटीभित्र पोलिटब्युरो र स्थायी कमिटी रहने सचिवालयको प्रबन्ध हटाएर स्थायी कमिटी मात्रै रहने प्रबन्ध गरिएको उनले बताए । त्यस्तै एमालेमा अब दुई खालका सदस्य रहने पनि प्रबन्ध गरिएको उनले जानकारी दिए ।

    ‘पार्टीमा सदस्यहरू हुनु हुनेछ र संगठित सदस्यहरू रहनु हुनेछ । पार्टीका शुभचिन्तक, जनसंगठनका जोडिएका साथीहरू सदस्यहरू हुनु हुनेछ । त्यसबाट खारिएर आएका साथीहरूलाई संगठित सदस्यता प्रदान गर्ने निर्णय गरेका छौं,’ उनले भने ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट