शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

एमालेको सचिवालय बैठकले के के निर्णय गर्‍यो?

एमालेको सचिवालय बैठकले के के निर्णय गर्‍यो?

श्रावण २, २०८२ शुक्रवार
श्रावण २, २०८२ शुक्रवार
  • एमालेको सचिवालय बैठकले के के निर्णय गर्‍यो?

    नेकपा एमालेको सचिवालय बैठकले पार्टीको विधान अनुमोदन गरेको छ । बिहीबार राति अबेरसम्म बसेको बैठकले विधानमा २५१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

    विधान मस्यौदा समिति तयारीको जिम्मेवारी पाएका उपाध्यक्ष विष्णु पौडेलले तयार गरेको नयाँ विधानमा २५१ सदस्यीय केन्द्रिय समिति, त्यसको एक तिहाई सदस्यको पोलिटब्युरो र १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था सचिवालय बैठकले पारित गरेको ज्ञवालीले जानकारी दिएका छन् । 

    त्यस्तै बैठकले नयाँ विधानबाट ७० बर्षे उमेर हद र दुई बर्षे कार्यकालको व्यवस्था हटाएको ज्ञवालीले जानकारी दिए । विहिबारको सचिवालय बैठकले पारित गरेको विधान आज पोलिटब्युरो बैठकमा पेश गरिने भएको छ । पोलिटब्युरो बैठक आज अपराहन्न १ बजे बस्ने भएको छ ।

    त्यस्तै विद्यादेवी भण्डारीको राजनीतिमा पुनरागमन बारे पार्टीले छुट्टै छलफल गर्ने ज्ञवालीले जानकारी दिएका छन् । उनले यस विषयले बैठकमा प्रवेश पाएको र यस बारेमा छुट्टै निर्णय गर्ने जानकारी दिए ।

    त्यस्तै एमालेको विधानमा रहेको प्रतिनिधि सम्बन्धि व्यवस्थामा कुनै परिवर्तन नगरिएकाले अघिल्लो महाधिवेशनमा प्रतिनिधि रहेकाहरु मात्र विधान महाधिवेशनमा प्रतिनिधि बन्ने भएका छन् । यो पुरानै व्यवस्था पोलिटब्युरो र केन्द्रिय कमिटिले स्वीकृत गरेमा विद्या भण्डारी विधान महाधिवेशनमा प्रतिनिधिको रुपमा सहभागी हुन नपाउने भएकी छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार