शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

मन्त्री बलराम अधिकारीको एक वर्षे कार्यकालमा गरेका यस्ता छन् उपलब्धिहरू

मन्त्री बलराम अधिकारीको एक वर्षे कार्यकालमा गरेका यस्ता छन् उपलब्धिहरू

श्रावण १, २०८२ बिहिवार
श्रावण १, २०८२ बिहिवार
  • मन्त्री बलराम अधिकारीको एक वर्षे कार्यकालमा गरेका यस्ता छन् उपलब्धिहरू

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एक वर्षे कार्य योजना सार्वजनिक गरेका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले  आर्थिक वर्ष २०८१÷८२ मा भएका र गरेका महत्त्वपूर्ण कार्यहरू सार्वजनिक गरेका हुन् ।

    मन्त्री अधिकारीको सबैभन्दा उल्लेखनीय उपलब्धि भनेको भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि गठन गरिएको भूमि समस्या समाधान आयोग हो । २०८१ मा गठित आयोगमार्फत हालसम्म ११ लाख २६ हजारभन्दा बढी नागरिकको विवरण संकलन भइसकेको छ । ७५० स्थानीय तहसँग सहमति भई काम अघि बढाइएको छ भने २ लाख ८१ हजार कित्ताको नापनक्सा कार्य सम्पन्न भइसकेको छ ।

    त्यस्तै, जग्गा प्रशासनको डिजिटल प्रवाहलाई तीव्र बनाउँदै ९२ वटा नापी कार्यालयमा ‘मेरोकित्ता’ प्रणाली लागू गरिएको छ । यस्तै सहकारी क्षेत्रमा सुधार र पारदर्शिता कायम गर्न १०२ बुँदे निर्देशिका लागू गरिएको छ । मन्त्रालयले भूमि ज्ञान केन्द्र, भूमि प्रशासन निर्देशिका, भूमि साक्षरता कार्यक्रम, प्रमाणीकरण, लगायत नीतिगत तथा संस्थागत सुधारका कामहरूलाई तीव्रता दिएको छ । भूमिहीन व्यवस्थापनको सन्दर्भमा कार्यविधिहरू संशोधन गरी सेवा सहज बनाइएको छ ।

    एक वर्षको अवधिमा ५१ अर्ब ४२ करोड मालपोत राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ । साथै, महिला, अपाङ्ग र अन्य वर्गलाई ४ अर्ब ६९ करोड बराबरको राजस्व छुट दिइएको छ । बाढी र पहिरो प्रभावित क्षेत्रहरूको सर्भेक्षण तथा क्षति मूल्याङ्कनमा भूउपग्रह प्रणालीको प्रयोग गरिएको छ । पनौतीको रोशी खोला क्षेत्रमा नियन्त्रण विन्दु स्थापना गरिएको छ ।

    यस्तै, नवीनतम प्रविधिको प्रयोग गर्दै भूमि साक्षरता अभियान, नाप नक्सा डिजिटाइजेसन, र भू—उपयोग योजना तर्जुमा जस्ता कार्यहरू समेत प्रभावकारी रुपमा अघि बढाइएका छन् । सामान्य सेवाग्राहीका लागि लाइनमा नबसी सेवा प्राप्त गर्न सकिने व्यवस्था २६७ कार्यालयमा लागू गरिएको छ । साथै, सेवा सहज बनाउन प्रत्येक कार्यालयमा कर्मचारीको नाम, सम्पर्क र जिम्मेवारी सार्वजनिक गरिएको छ ।

    यसरी मन्त्री अधिकारीको नेतृत्वमा भूमि, सहकारी तथा गरिबी निवारण क्षेत्रमा नीति, प्रविधि र सेवाप्रवाहका दृष्टिले एक वर्षमै उल्लेखनीय सुधार र संस्थागत विकास भएको देखिएको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार