Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

रास्वपा महामन्त्री बुर्लाकोटी भन्छन्- बिचौलिया सुजन लामालाई धन्यवाद !

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घुस प्रकरणको अडियो बाहिर आएकोमा बिचौलिया सुजन लामालाई धन्यवाद दिएको छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले सामाजिक सञ्जालमा लेख्दै अडियो सार्वजनिक गरेकोमा लामालाई धन्यवाद दिएका हुन् ।

उनले घुस अडियो काण्डका विचौलिया सुजन लामा नभएका भए भुमि ब्यवस्थामन्त्री बलराम अधिकारी (एमाले, कपिलबस्तु १), सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता (एमाले पर्सा ३) र पूर्वमन्त्री रन्जिता श्रेष्ठ (नाउपा, कैलाली १) हरुलाई आरोप लाग्ने नै नलाग्ने बताएका छन् ।

उनले भनेका छन्-  घुस अडियो काण्डका विचौलिया सुजन लामा नभएका भए, भुमि ब्यवस्था मन्त्री बलराम अधिकारी(एमाले, कपिलबस्तु १), सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता (एमाले पर्सा ३), पूर्व मन्त्री रन्जिता श्रेष्ठ(नाउपा, कैलाली १)हरुलाई आरोप लाग्ने नै थिएन नी । खासमा यो घुस काण्डमा एमाले सरकारले विचौलिया सुजन लामालाई सबै दोष दिदा हुन्छ । उनैले यो अडियो सार्वजनिक गरे जस्तो छ । फोन कल रेकर्ड गर्नेलाई कारवाहि लाग्छ नि होइन त सरकार ?

त्यो पोखरा- १६ को अमरदीपमा रहेको १३५ रोपनी जग्गा सरकारलाई नै फिर्ता गर्दै यो काण्डमा संलग्न नेताहरुलाई सरकारी साक्षी बनाएर सुजन लामालाई चाँही मुद्धा चलाउने हो की ? यो अडियो सार्वजनिक गरेकोमा सुजन लामालाई चाँही धन्यवाद ।