एनआईसी एशिया बैंकका ग्राहक र कर्मचारीहरूले नगरकोट सामुदायिक होमस्टेमा १० प्रतिशत छुट पाउने भएका छन् । एनआईसी एशिया बैंकले आफ्ना कर्मचारी तथा ग्राहकहरूलाई त्यस्तो सुविधा दिने गरी सम्झौता गरेको छ ।
यस सम्झौतासँगै अब एनआईसी एशिया बैंकका ग्राहक र कर्मचारीहरूले १७ घरपरिवारद्वारा सञ्चालित नगरकोट सामुदायिक होमस्टेमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन् ।
चाँगुनारायण, भक्तपुरमा अवस्थित नगरकोट सामुदायिक होमस्टेको सेवा लिई ग्राहकहरूले यस बैंकको मोबाइल बैंकिङ सेवामार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा उपभोग गर्न सकिने बैंकले जनाएको छ ।
वित्तीय समावेशीकरण तथा डिजिटल सशक्तीकरणमा डिजिटल भुक्तानीलाई प्रवर्द्धन गरिरहेको यस बैंक र नगरकोट सामुदायिक होमस्टेबीचको यस साझेदारीले ग्राहकहरूलाई सरल, सहज, सुरक्षित डिजिटल भुक्तानी सुविधा उपलब्ध हुनुको साथै दिगो ग्रामीण पर्यटन विकासमा टेवा पुग्ने बैंकको विश्वास छ ।