शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

बजार जमाउँदै ‘माया धराने बेसार’, तीन दिनमै दुई हजार किलो बिक्री

बजार जमाउँदै ‘माया धराने बेसार’, तीन दिनमै दुई हजार किलो बिक्री

आषाढ ३१, २०८२ मंगलवार
आषाढ ३१, २०८२ मंगलवार
  • बजार जमाउँदै ‘माया धराने बेसार’,  तीन दिनमै दुई हजार किलो बिक्री

    लाहुरेको शहर भनेर चिनिएको धरान अहिले कृषि उत्पादनबाट पनि नयाँ परिचय बनाइरहेको छ । अहिले ‘माया धराने बेसार’ चर्चितसँगै उपभोक्ताको खोजीमा पर्न थालेको छ । निकै आकर्षक प्याकमा उपलब्ध ‘माया धराने बेसार’ ले अहिले सामाजिक सञ्जालहरुमा समेत चर्चा बटुलिरहेको छ । अहिले धेरै उपभोक्ताले बेसारलाई रुचाएको मात्रै होइन, सामाजिक सञ्जालमा पनि बेसारको प्याकेटको फोटो राखेर पोष्ट गरिरहेका छन् ।

    माया धराने बेसार सञ्चालक समितिका सदस्य समीर तामाङका अनुसार तीन दिनमै दुई हजार किलो बेसार बिक्री भइसकेको छ । प्रतिकिलो आठ सय रुपैयाँ पर्ने बेसार दुई हजार किलो बिक्री हुँदा १६ लाखको व्यापार भइसकेको छ । तामाङले भने, ‘जिल्ला–जिल्लाबाट अर्डर आइरहेको छ । अहिले विदेशबाट पनि अर्डर आउन सुरु भएको छ ।’

    तामाङका अनुसार माया धराने कृषक समाज, उपभोक्ता सञ्चालक समितिले धरान उपमहानगरपालिकासँग सहकार्य गरेको हो । उपमहानगरले भवन निर्माण गर्नेदेखि फ्याक्ट्रीमा प्रशोधनका लागि चाहिने मेशिन पनि किनेको तामाङले बताए । त्यही फ्याक्ट्रीमा आफूहरूले बेसार प्रशोधन गरी प्याकेजिङ गरेर बजारमा लैजाने गरेको उनले जानकारी दिए ।

    आधा किलो बेसारको बजार मूल्य चार सय छ । कृषकबाट उठाउँदा तीन सयदेखि तीन सय ३० रुपैयाँसम्ममा उठाउने गरेको उनले बताए । अहिलेसम्म धरान उपमहानगरका कृषकहरूकै बेसार उठाइरहेको तामाङले बताए । तर, माया धराने बेसार बेचेर आएको मुनाफालाई के कसरी वितरण गर्ने भनेर स्पष्ट भइनसकेको तामाङले बताएका छन् । उनले भने, ‘अहिले हामी ट्रायल पिरियडमा छौँ । छिट्टै नै त्यसबारे पनि निर्णय गर्छौँ ।’

    अहिलेसम्म उपमहानगरले भवन र मेशिन उपलब्ध गराउनु बाहेक बाँकी खर्च सञ्चालक समितिले गर्दै आइरहेको छ । सञ्चालक समितिमा १५ सदस्य छन् । १५ सदस्यले चालु पुँजीको रूपमा पाँच लाख रुपैयाँ पैसा उठाएको र त्यही पैसाले बाँकी कामहरू गरिरहेको तामाङले जानकारी दिए ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार