Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

हिम स्टार उर्जाको आईपीओ बाँडफाँड बुधबार

हिम स्टार उर्जा कम्पनी लिमिटेडको आईपीओको  बाँडफाँड बुधबार हुने भएको छ ।  हिम स्टार उर्जाको बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडले बुधबार ३ बजे आईपीओको  बाँडफाँड हुने जानकारी दिएको हो । 

असार २४ गतेदेखि २७ गतेसम्म खुला गरिएको आईपीओमा २० लाख ४४ हजार ४५६ जनाले आवेदन दिएका थिए ।  जसमा ७७ हजार ३९७ जनाले मात्र १० कित्ताको दरले आइपीओ पाउने छन् भने बाँकीले नपाउने भएका छन् ।     

यस कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशतले हुने ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता आईपीओ प्रतिकित्ता निष्कासनका लागि अनुमति पाएको थियो ।  कम्पनिले स्थानीय र बैदेशिक रोजगारीमा रहेका नेपालीलाई यस अघि नै आइपीओ बाँडफाँड गरिसकेको छ ।   

आइपीओ जारी गर्न गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।