Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

हिम स्टार उर्जाको आईपीओ बाँडफाँड बुधबार

हिम स्टार उर्जा कम्पनी लिमिटेडको आईपीओको  बाँडफाँड बुधबार हुने भएको छ ।  हिम स्टार उर्जाको बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडले बुधबार ३ बजे आईपीओको  बाँडफाँड हुने जानकारी दिएको हो । 

असार २४ गतेदेखि २७ गतेसम्म खुला गरिएको आईपीओमा २० लाख ४४ हजार ४५६ जनाले आवेदन दिएका थिए ।  जसमा ७७ हजार ३९७ जनाले मात्र १० कित्ताको दरले आइपीओ पाउने छन् भने बाँकीले नपाउने भएका छन् ।     

यस कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशतले हुने ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता आईपीओ प्रतिकित्ता निष्कासनका लागि अनुमति पाएको थियो ।कम्पनिले स्थानीय र बैदेशिक रोजगारीमा रहेका नेपालीलाई यस अघि नै आइपीओ बाँडफाँड गरिसकेको छ ।  

आइपीओ जारी गर्न गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।