शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

प्रधानमन्त्री ओलीलाई राजेन्द्र लिङ्देनको प्रश्न: कहाँ छ हौ तपाईंको सुशासन आयोग?

प्रधानमन्त्री ओलीलाई राजेन्द्र लिङ्देनको प्रश्न: कहाँ छ हौ तपाईंको सुशासन आयोग?

आषाढ ३०, २०८२ सोमवार
आषाढ ३०, २०८२ सोमवार
  • प्रधानमन्त्री ओलीलाई राजेन्द्र लिङ्देनको प्रश्न: कहाँ छ हौ तपाईंको सुशासन आयोग?

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीको सुशासन आयोग कहाँ छ ? भनेर प्रश्न सोधेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै लिङ्देनले आज देश र जनताले सुशासन आयोग खोजिरहेको बताएका हुन् ।

    उनले भने,‘कहाँ छ हौ, यो प्रधानमन्त्रीको सुशासन आयोग ? आज देश र जनताले खोजिरहेका छन्, मन्त्रीहरु एकपछि अर्को लेनदेन काण्डमा मुछिएको तथ्यहरु सार्वजनिक भैरहेको छ । यदि नैकिता छ भने र सुशासनप्रति अलिकति पनि प्रतिबद्धता छ भने यी मन्त्रीहरुको राजीनामा आउनुपर्ने हो कि होईन ? यी मन्त्रीहरुलाई बर्खास्त गर्नुपर्ने हो कि होईन ?’

    उनले दुई ठूला दल मिलेर सरकारमा बसेर मिलेर देश लुट्ने काम गरेको आरोप लगाए । उनले अब यो कुरा कदापि सह्य नहुने भन्दै आवश्यक परे सडकबाट पनि प्रतिवाद गरिने चेतावनी दिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार