Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

आज पनि बढ्यो सुनचाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा साताको दोस्रो दिन आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन एक लाख ९३ हजार ३०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन एक लाख ९२ हजार ९ सय रुपैयाँ तोकिएको थियो । यो मूल्य आइतबारको तुलनामा तोलामा ४०० रुपैयाँले बढी हो ।

 त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर २ हजार ३१५ रुपैयाँ कायम भएको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।