Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

कृषि विकास बैंकद्वारा साहित्यिक पत्रिका समष्टिको ११९ औं अङ्क विमोचन

कृषि विकास बैंक लिमिटेडबाट प्रकाशित साहित्यिक पत्रिका समष्टिको ११९ औं अङ्क विमोचन भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकको मुख्य कार्यालयको सभा हलमा एक समारोहका बीच उक्त साहित्यिक पत्रिकाको विमोचन गरेका हुन्।

1000099763.jpg

 २१२ औं भानुजयन्तीको सन्दर्भ पारेर बैंकले एक साहित्यिक कार्यक्रमको आयोजना गरी समष्टिको विमोचन गरेको हो । विमोचनपछि आफ्नो मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि, प्रमुख कार्यकारी अधिकृत एवम् समष्टि साहित्यिक प्रकाशनका संरक्षक गुरुङले कृषि विकास बैंकले बिगत लामो समयदेखि समष्टिमार्फत् नेपाली साहित्यको सेवा गरिरहेको बताउँदै समष्टिले नेपाली साहित्यको सेवा दीर्घकालसम्म गरोस् भनी शुभकामना दिए । सो अवसरमा उनले नेपाली साहित्यमा आदिकवि भानुभक्त आचार्यको योगदानको चर्चा गर्दै आफूले सानो हुँदा पढेको भानुभक्तीय रामायणको केही अंशसमेत सम्झिएका थिए ।

समष्टि प्रकाशन समितिका अध्यक्ष एवम् बैंकका उपमहाप्रवन्धक प्रताप सुबेदीले अध्यक्षताको आसनबाट समष्टिको इतिहासबारे चर्चा गर्दै समष्टिमा प्राप्त विद्वान् सर्जकहरुको सिर्जनाले समष्टि प्रकाशनको निरन्तरतामा प्रेरित भएको बताए । साथै उनले नेपाली साहित्यको क्षेत्रमा आदिकवि भानुभक्त आचार्यको योगदानलाई कसैसङ तुलना गर्न नसकिने विचार व्यक्त गरे।

1000099820.jpg

 बैंकका उपमहाप्रबन्धकहरु, विभागीय प्रमुखहरुलगायत अन्य कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको उक्त समारोहको सन्चालन समष्टि साहित्यिक पत्रिकाका सम्पादक एवम् बैंकका शाखा प्रमुख शान्तिराम भट्टराईले गरेका थिए ।