Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

साताको पहिलो दिन ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो?

नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) छापावाल सुनको मूल्य तोला ११ सयले बढेर तोलाको एक लाख ९२ हजार ९०० मा कारोबार भइरहेको छ । 

यसअघि शुक्रबार सुन तोलाको एक लाख ९१ हजार ८०० मा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

 महासंघका अनुसार आज चाँदी तोलामा ६५ रुपैयाँले बढेर तोलाको २२८५ रुपैयाँमा कारोबार भइरहेको छ ।