Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

बढ्यो शेयर धितो कर्जाको सीमा

नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको एकल कर्जा सीमालाई बढाएको छ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो कर्जा सीमा बढाएको हो ।

हाल व्यक्तिगततर्फ १५ करोडसम्मको सीमा कायम रहेकोमा गभर्नर डा. विश्वनाथ पौडेलले बढाएर २५ करोड रुपैयाँ पु¥याएका हुन् । मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले भने, ‘बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको विद्यमान एकल ग्राहक कर्जालाई १५ करोडबाट बढाइ २५ करोड रूपैयाँ पुर्‍याइनेछ ।’

त्यस्तै, दोस्रो वित्तीय क्षेत्र रणनीति नेपाल सरकारबाट स्वीकृत भएपछि कार्यान्वयनमा ल्याइने गभर्नर पौडेलले बताए । साथै चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनलाई आवश्यकता अनुसार परिमार्जन गरिने मौद्रिक नीतिमा उल्लेख छ । कर्जा नोक्सानी व्यवस्थालाई पनि आवश्यकता अनुसार पुनरवलोकन गरिने भएको छ ।

यसका साथै तीन करोडसम्म प्रवाह भएको कर्जालाई साना तथा मझौला कर्जाको सूचीमा राखिने मौद्रिक नीतिमा उल्लेख छ ।