Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

मौद्रिक नीति : बढ्यो घर कर्जाको सीमा

आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले आवासीय घरकर्जाको सीमा बढाएको छ । हाल २ करोड रहेको कर्जाको सीमा अब ३ करोड पुगेको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले घर कर्जा वृद्धि गरेको बताएका हुन् । शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेलले यस्तो जानकारी दिएका हुन् ।

नयाँ घर बनाउदा ८० प्रतिशत र अन्य घर कर्जामा ७० प्रतिशत कर्जा दिने भएको हो ।