Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले माग्यो ५२ कर्मचारी, के-के चाहिन्छ योग्यता?(सूचनासहित)

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ५२ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ ।

 काठमाडौँ उपत्यका खानेपानी लिमिटेड पदपूर्ति समितिले आज सूचना जारी गर्दै आन्तरिक प्रतियोगिता र खुला तथा समावेशी प्रतियोगितामार्फत् विभिन्न पदमा ५२ जना कर्मचारी स्थायी पदपूर्ति गर्न लागिएको जनाएको हो ।

कार्यालयमा रिक्त रहेका पदहरुमध्ये लोकसेवा आयोगको सहमतिअनुसार उपप्रवन्धक, सहायक प्रवन्धक, इन्जिनियर, प्रशासन अधिकृत, लेखा अधिकृतसहित ५२ पदमा स्थायी पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि २१ दिनभित्र कम्पनीको मुख्य कार्यालय त्रिपुरेश्वरस्थित मानवश्रोत विकास शाखामा आवेदन बुझाउन सक्ने छन् ।


हेर्नुस् सूचना

k(21).jpg