काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ५२ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड पदपूर्ति समितिले आज सूचना जारी गर्दै आन्तरिक प्रतियोगिता र खुला तथा समावेशी प्रतियोगितामार्फत् विभिन्न पदमा ५२ जना कर्मचारी स्थायी पदपूर्ति गर्न लागिएको जनाएको हो ।
कार्यालयमा रिक्त रहेका पदहरुमध्ये लोकसेवा आयोगको सहमतिअनुसार उपप्रवन्धक, सहायक प्रवन्धक, इन्जिनियर, प्रशासन अधिकृत, लेखा अधिकृतसहित ५२ पदमा स्थायी पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि २१ दिनभित्र कम्पनीको मुख्य कार्यालय त्रिपुरेश्वरस्थित मानवश्रोत विकास शाखामा आवेदन बुझाउन सक्ने छन् ।
हेर्नुस् सूचना