शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

च्यासललाई ललकार्ने र च्यासलबाट ललकार्ने तरिका बन्द गरौं: योगेश भट्टराई

च्यासललाई ललकार्ने र च्यासलबाट ललकार्ने तरिका बन्द गरौं: योगेश भट्टराई

आषाढ २७, २०८२ शुक्रवार
आषाढ २७, २०८२ शुक्रवार
  • च्यासललाई ललकार्ने र च्यासलबाट ललकार्ने तरिका बन्द गरौं: योगेश भट्टराई

    सत्तारुढ नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेलाई र एमालेबाट ललकार्ने दुवै काम बन्द हुनुपर्ने बताएका छन् । उनले आपसमा विमर्श गर्न र सहकार्यमार्फत् समस्याको समाधान खोज्न आह्वान पनि गरेका छन् ।

    पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्किने घोषणा गरेसँगै स्वयं भण्डारी र एमाले नेताहरुबाट एकअर्काप्रति आइरहेका कडा सार्वजनिक अभिव्यक्तिप्रति लक्षित गर्दै भट्टराईले सामाजिक सन्जाल फेसबुकमार्फत् एकअर्कालाई नलल्कार्न भनेका हुन् ।

    उनले लेखेका छन्, ‘च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने, कृपया यो तरिका बन्द गरौं ।’ ललितपुरको च्यासलमा नेकपा एमालेको केन्द्रीय कार्यालय छ । भट्टराईले थप लेखेका छन्, ‘बसौं, आपसमा विमर्श गरौं, सहकार्यमार्फÞत समाधान खोजौं, जबजको मर्म पनि यही हो ।’

    महासचिव शंकर पोखरेल पनि कित्ताकाट नगर्न चेतावनी दिएका छन् । यस्तै, स्थायी कमिटी सदस्य भानुभक्त ढकालले संस्थागत निर्णय नमान्नेहरू नोटिसमा रहेको बताएका थिए । उनले नेतृत्वको विरोध नगरी नेता भइन्न भन्ने मानसिकता त्याग्न पनि निर्देशन दिएका थिए । नेता गोकुल बास्कोटाले व्यंग्य गर्दै ‘बजारमा नोटिस हिट भएछ तर मान्छेहरु नो निड टू टिच भन्न थालेछन्’, भन्दै सामाजिक सञ्जालमार्फत लेखेका छन् ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट