Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शिखर इन्स्योरेन्सका सञ्चालक बज्राचार्यको राजीनामा स्वीकृत

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक दिनेश बज्र बज्राचार्यको राजीनामा स्वीकृत भएको छ ।

कम्पनीको असार २५ गते बसेको सञ्चालक समितिको ३५५औं बैठकले बज्राचार्यको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

उनको राजीनामा असार २४ गतेबाट लागू हुनेगरी स्वीकृत भएको कम्पनीले जनाएको छ ।