Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

ग्लोबल आइएमई बैंकले पायो २०२५ का लागि उत्कृष्ट दुई उपाधि

ग्लोबल आइएमई बैंक लिमिटेडले सन् २०२५ का लागि नेपालकै उत्कृष्ट बैंकको उपाधि प्राप्त गरेको छ। यो सम्मान बैंकको उत्कृष्ट बैंकिङ सेवा, अब्बल वित्तीय नतिजा र समग्र बैंकिङ क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप प्रदान गरिएको हो।

ग्लोबल आइएमई बैंक ‘ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४’ तथा ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित भएको छ। बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा पनि सम्मान प्राप्त गर्दै आएको छ।

आईएमई समूहअन्तर्गत स्थापित ग्लोबल आइएमई बैंक, सञ्चालनमा आएको १७ औं वर्षमा प्रवेश गर्दै गर्दा बैंकिङ सेवा तथा पुँजीको हिसाबले नेपालको नम्बर १ बैंक बनेको छ। गत वर्ष बैंक अफ काठमाण्डू (बीओके) लाई गाभेर एकीकृत कारोबार सुरु गरेसँगै ग्लोबल आइएमई बैंक पुँजी, निक्षेप, कर्जा, शाखा सञ्जाल लगायतका आधारमा देशकै सबैभन्दा ठूलो बैंक बन्न पुगेको हो।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटिएम, २३७ शाखारहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।

बैंकले हालै साना तथा मझौला उद्यमी लक्षित ‘ग्लोबल म उद्यमी कर्जा’ पनि सार्वजनिक गरेको छ, जसले महिला उद्यमीहरूलाई वित्तीय सहजीकरण गर्ने उद्देश्य राखेको छ।