शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

रास्वपाद्वारा रुपन्देही-३ को उपनिर्वाचनको उम्मेदवार छनोट कार्यविधि स्वीकृत

रास्वपाद्वारा रुपन्देही-३ को उपनिर्वाचनको उम्मेदवार छनोट कार्यविधि स्वीकृत

आषाढ २६, २०८२ बिहिवार
आषाढ २६, २०८२ बिहिवार
  • रास्वपाद्वारा रुपन्देही-३ को उपनिर्वाचनको उम्मेदवार छनोट कार्यविधि स्वीकृत

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट कार्यविधि स्वीकृत गरी केन्द्रीय समिति सदस्यहरूको रायका लागि पठाइएको छ ।

    रास्वपाको बुधबार बसेको सचिवालय बैठकले केही दिनभित्र कार्यविधिअनुसार उपनिर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूबाट आवेदन आह्वान गर्ने र प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी तय कार्यविधिअनुसार उम्मेदवार छनोट प्रक्रिया सञ्चालन गर्ने निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएको छ ।

    साथै बैठकले सहमहामन्त्री एवं लुम्बिनी प्रदेश इञ्चार्ज विपिन कुमार आचार्यलाई रुपन्देही-३ मा हुने उपनिर्वाचन सम्बन्धी सम्पूर्ण कार्यको नेतृत्व गर्ने जिम्मेवारी प्रदान गरेको बुर्लाकोटीले जानकारी दिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार