अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्माविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनले गैरकानूनी सम्पत्ति आर्जन गरेर अस्वाभाविक उच्च जीवनयापन गरेको आरोप लगाउँदै अख्तियारले बुधबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो । पौडेल र उनका परिवारका सदस्यले ९ करोड ६६ लाख ८० हजार ६२० रुपैयाँ ४७ पैसा खर्च र लगानी गरेकोमा ३ करोड ३९ लाख ८७ हजार ४९० रुपैयाँ ६५ पैसा रकम गैरकानूनी रुपमा आर्जन गरेको भेटिएको हो ।
सार्वजनिक सेवामा रहेर गैरकानूनी सम्पत्ति आर्जन गरेको र उच्च जीवनयापन गरेको पुष्टि भएपछि पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०१७ अन्तर्गत अभियोग लगाउँदँ मुद्दा दायर गरिएको हो । उनले पत्नी हुमाकुमारी उपाध्यायको नाममा पनि अवैध सम्पत्ति राखेको पाइएको छ ।
पौडेललाई २०५४ सालदेखि २०८० सालसम्मको जागिरे जीवन अवधिमा बिभिन्न अस्वाभाविक अकुत सम्पत्ति कमाएको भेटिएको छ । अनुसन्धानका क्रममा उनले पारिश्रमिक, भत्ता, जग्गा बिक्री, कृषि आय, शेयर बिक्रि, बैंक ऋण फिर्ता जस्ता विभिन्न स्रोतबाट ठूलो रकम आर्जन गरेका छन् ।
त्यस्त पौडेलको खर्च र लगानीको विश्लेषण गर्दा, उनले घरजग्गा खरिद, शैक्षिक खर्च, सवारी साधन खरिद, सुन र बहुमूल्य धातुका गहना खरिद र विभिन्न व्यक्तिहरूसँग ऋण सापटीको लेनदेनमा ठूलो रकम खर्च गरेको देखिन् छ। यो सब कुरा मिलाएर, यस तथ्यको पुष्टि भएको छ कि पौडेल र उनका परिवारले जाँच अवधिमा नौ करोड ६५ लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेका थिए ।