Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

लेखा अधिकृत शर्माविरुद्ध तीन करोड बढीको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्माविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनले गैरकानूनी सम्पत्ति आर्जन गरेर अस्वाभाविक उच्च जीवनयापन गरेको आरोप लगाउँदै अख्तियारले बुधबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो । पौडेल र उनका परिवारका सदस्यले ९ करोड ६६ लाख ८० हजार ६२० रुपैयाँ ४७ पैसा खर्च र लगानी गरेकोमा ३ करोड ३९ लाख ८७ हजार ४९० रुपैयाँ ६५ पैसा रकम गैरकानूनी रुपमा आर्जन गरेको भेटिएको हो ।

सार्वजनिक सेवामा रहेर गैरकानूनी सम्पत्ति आर्जन गरेको र उच्च जीवनयापन गरेको पुष्टि भएपछि पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०१७ अन्तर्गत अभियोग लगाउँदँ मुद्दा दायर गरिएको हो । उनले पत्नी हुमाकुमारी उपाध्यायको नाममा पनि अवैध सम्पत्ति राखेको पाइएको छ ।

पौडेललाई २०५४ सालदेखि २०८० सालसम्मको जागिरे जीवन अवधिमा बिभिन्न अस्वाभाविक अकुत सम्पत्ति कमाएको भेटिएको छ । अनुसन्धानका क्रममा उनले पारिश्रमिक, भत्ता, जग्गा बिक्री, कृषि आय, शेयर बिक्रि, बैंक ऋण फिर्ता जस्ता विभिन्न स्रोतबाट ठूलो रकम आर्जन गरेका छन् ।

त्यस्त पौडेलको खर्च र लगानीको विश्लेषण गर्दा, उनले घरजग्गा खरिद, शैक्षिक खर्च, सवारी साधन खरिद, सुन र बहुमूल्य धातुका गहना खरिद र विभिन्न व्यक्तिहरूसँग ऋण सापटीको लेनदेनमा ठूलो रकम खर्च गरेको देखिन् छ। यो सब कुरा मिलाएर, यस तथ्यको पुष्टि भएको छ कि पौडेल र उनका परिवारले जाँच अवधिमा नौ करोड ६५ लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेका थिए ।