Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

सोविताजीको प्रश्न स्पेन गएका अन्य नेपालीका बारेमा होः स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सोविता गौतमले विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा गएका अन्य सयौं नेपालीका बारेमा मात्र प्रश्न उठाएको बताएका छन् ।

बुधबार संसद भवनबाहिर उनले गौतमले उठाएको कुरा प्रधानमन्त्रीको आधिकारिक प्रतिनिधि मण्डलका सदस्यहरुको बारेमा नभइ त्यहाँ गएका अन्य सयौं नेपालीका बारेमा भएको भन्दै यसमा स्पष्ट हुन आवश्यक रहेको बताएका हुन् । 

sobita.jpg

उनले भने, ‘प्रधानमन्त्री गएको कार्यक्रम अर्थात ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा गएका अन्य सयौं नेपालीका बारेमा सोबिताज्यूले कुरा उठाउनु भएको हो । प्रधानमन्त्रीको आधिकारिक प्रतिनिधि मण्डलका सदस्यहरुको बारेमा उहाँले बोल्नु भएको छैन् । यसमा स्पष्ट हुन आवश्यक छ ।’ 

बैठकमा बोल्ने क्रममा रास्वपा सांसद गौतमले प्रधानमन्त्रीको स्पेन भ्रमणबारे राखेको अभिव्यक्ति नबुझेर अपव्याख्या भएको भन्दै एमालेका सांसदहरुले प्रश्न उठाएका थिए ।