Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

भूमि विधेयक संसदको कार्यसूचीमा परेपछि विश्वप्रकाश शर्माको आपत्ति

सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले प्रतिनिधि सभाबाट अघि बढाउन लागेको भूमि विधेयकको विरोध जनाएका छन् । भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक संशोधन गरेर सहमति जुटाउन आवश्यक रहेको उनले बताए ।

उनले भनेका छन्, ‘भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक स्वयंमा संशोधन गरेर सहमति जुटाउन जरुरी छ ! पर्याप्त गृहकार्य नगरी सोझै पारित गर्नेगरी संसदमा प्रस्तुत हुन लागेकोमा खुला विमति छ !’ उनले लटरपटर नगरी विधेयकमा सहमति खोज्नुपर्ने बताएका छन् । उनले आजलाई कार्यसूचीबाट पनि भूमि विधेयक हटाउन माग गरेका छ ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । उक्त विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने र पारित गर्ने सम्भावित कार्यसूची छ ।