Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

चीनको सुजिङ ताल फुटेर भोटेकोशीमा बाढी आयो : सांसद महत

सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले चीनको सुजिङ ताल फुटेर रसुवाको भोटेकोशीमा बाढी आएको बताएका छन् ।

प्रतिनिधिसभाको आज (मंगलबार) को बैठकमा उनले बाढीले भएको क्षतिबारे धारणा राख्दै यस्तो जानकारी गराएका हुन् ।

‘चीनको सल्लीभन्दा माथि सुजिङ ताल फुटेर बाढी आएको भन्ने कुरा चिनियाँतर्फको प्रारम्भिक जानकारी हाम्रो रसुवाको सिडिओले प्राप्त गर्नु भएको छ,’ सांसद महतले भने, ‘यो वर्षाको कारण नभई ताल फुटेर यो घटना भएको भन्ने आएको छ । धेरै ठुलो धनजनको क्षति भएको छ ।’ उनले भोटेकोशीको बाढीलाई सरकारले ‘वार्निङ साइन’ का रूपमा लिनुपर्ने पनि बताए ।