शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कांग्रेसले बीपीको प्रजातान्त्रिक विचार बेचिसक्यो: ज्ञानेन्द्र शाही

कांग्रेसले बीपीको प्रजातान्त्रिक विचार बेचिसक्यो: ज्ञानेन्द्र शाही

आषाढ २४, २०८२ मंगलवार
आषाढ २४, २०८२ मंगलवार
  • कांग्रेसले बीपीको प्रजातान्त्रिक विचार बेचिसक्यो: ज्ञानेन्द्र शाही

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेपाली कांग्रेसले प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको विचार नै बेचिसकेको टिप्पणी गरेका छन् ।

    प्रतिनिधिसभाको आज (मंगलबार) को बैठकमा बोल्दै उनले संसदमा एक जनाले बोले मात्र पनि उसको विचार सुन्नु पर्छ भन्ने विपीको विचार कांग्रेसले बेचिसकेको भान भएको बताए । भिजिट भिसा दुरुपयोग प्रकरणबारे उच्चस्तरीय छानबिनको माग गर्दै आफूहरूले लामो समयदेखि आन्दोलन गरिरहे पनि सरकारले सुन्न नचाहेको उनको भनाइ छ । उनले आफूहरूले सरकार विरोधी होइन, मानव बेचबिखनविरुद्धको आन्दोलन गरिरहेको बताउँदै आफ्ना मागहरू सुनुवाइ गर्न सरकारको ध्यानाकर्षण गराए ।

    उनले भने, ‘नेपाली कांग्रेसको सरकार छ भनिए पनि मलाई लाज लागेर आयो । किनभने प्रजातान्त्रिक सरकार हो, प्रजातन्त्रको वकालत गर्छौ भन्नेहरूले संसदमा एक जना मात्रै छ भने पनि उसको आवाज सुन्नुपर्छ भन्ने विपी कोइरालालाई कांग्रेसले बेचिसकेको जस्तो लाग्यो । किनभने हामीले कैयौँ दिनदेखि संसदमा भिजिट भिसा प्रकरणबारे आवाज उठाइरहेका छौं । सरकारले सुन्न खोजिरहेको छैन । यो हामीले सरकारविरुद्ध गरेको गतिविधि होइन, यो हाम्रो मानव बेचबिखनविरुद्धको अभियान हो । यो संसद मात्र होइन, सडकबाट पनि हुन्छ, याद राख्नुस् । भोलि तपाईकै मतदाताले सोध्ने छन्—भिजिट भिसाका कति पैसा कुम्ल्याउनु भयो ? भनेर के जवाफ दिनु हुन्छ ? त्यसकारण संख्याका आधारमा नभई अपराधका आधारमा छानबिन समिति बनोस् ।’ उनले भिजिट भिसा दुरुपयोग छानबिन समिति संख्याका आधारमा नभई अपराधको प्रकृति अनुसार गठन हुनुपर्नेमा जोड दिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार