शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

प्रधानमन्त्री रसुवाको बाढीग्रस्त क्षेत्र अवलोकनमा जाँदै

प्रधानमन्त्री रसुवाको बाढीग्रस्त क्षेत्र अवलोकनमा जाँदै

आषाढ २४, २०८२ मंगलवार
आषाढ २४, २०८२ मंगलवार
  • प्रधानमन्त्री रसुवाको बाढीग्रस्त क्षेत्र अवलोकनमा जाँदै

    प्रधानमन्त्री केपी शर्मा ओली रसुवामा बाढी पहिरोले पुर्‍याएको क्षतिको अवलोकन गर्न त्यसतर्फ जाने भएका छन् ।

    सोमबार राति आएको रसुवाको क्षतिग्रस्त ठाउँको अवलोकन गर्न प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेल जाने भएका हुन् । दुई वटा हेलिकोप्टरबाट क्षतिग्रस्त क्षेत्रमा प्रधानमन्त्री ओलीसहितको टोली जान लागेको हो ।

    प्रधानमन्त्री ओली बालुवाटारबाटै उड्ने छन् भने गृहमन्त्री लेखक र अर्थमन्त्री पौडेल विमानस्थलबाट अर्को हेलिकोप्टरमा जाने भएको बालुवाटार स्रोतले जनाएको छ । बाढीग्रस्त क्षेत्रमा तीन वटै सुरक्षा निकायमा प्रमुख पनि जाने भएका छन् ।

    नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रमुख दीपक थापा र सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल बाढीग्रस्त क्षेत्रमा जान लागेका हुन् । बाढीबाट तीन सुरक्षाकर्मी, ६ चिनियाँ नागरिकसहित १८ जना बेपत्ता भएका छन् । बाढीमा फसेका ५० जनाको उद्धार गरिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार