शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

प्राधिकरणमा हितेन्द्रदेवका १०० दिन: के–के भए उपलब्धि?

प्राधिकरणमा हितेन्द्रदेवका १०० दिन: के–के भए उपलब्धि?

आषाढ २४, २०८२ मंगलवार
आषाढ २४, २०८२ मंगलवार
  • प्राधिकरणमा हितेन्द्रदेवका १०० दिन: के–के भए उपलब्धि?

    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मंगलबार पत्रकार सम्मेलनमार्फत आफ्नो १०० दिने उपलब्धि सार्वजनिक गरेका छन् ।

    यस अवसरमा उनले आफ्नो कार्यकालमा प्राधिकरणको यथार्थता बाहिर ल्याउन श्वेतपत्र जारी गरिएको जानकारी दिए । शाक्यका अनुसार, उक्त श्वेतपत्रले ऊर्जा सुरक्षा, विश्वसनीय विद्युत र नवीनतम उपायबाट वित्तीय व्यवस्थापनलाई जोड दिएको छ, साथै मानव स्रोत व्यवस्थापनमा पनि ध्यान दिइएको छ ।

    १०० दिने उपलब्धिका रूपमा शाक्यले वितरण तथा ग्राहक सेवातर्फ धेरै महसुल बुझाउने १० वटा उद्योगीहरूलाई सम्मान गरिएको र यसबाट विद्युत खपतमा वृद्धि आउने अपेक्षा राखिएको बताए । उनले डेडिकेटेड लाइनसम्बन्धी विवाद समाधानतर्फ उन्मुख रहेको, १०० दिनको अवधिमा चार्जिङ स्टेशनका पूर्वाधार निर्माणका लागि १ करोड रुपैयाँ बजेट छुट्याइएको, र ९०० गरिब परिवारलाई निःशुल्क मिटर वितरण गरिएको जानकारी दिए ।

    साथै, स्मार्ट मिटरको उपलब्धता बढाइएको, वितरण प्रणालीलाई चुस्तदुरुस्त बनाइएको र सबस्टेशनहरू तयार पारिएको पनि शाक्यले उल्लेख गरे । शाक्यका अनुसार, चीनतर्फबाट आएको बाढीका कारण नेपाल विद्युत प्राधिकरण र यस अन्तर्गतका जलविद्युत आयोजनाहरूको २५० मेगावाट विद्युत उत्पादन बन्द भएको छ । १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनामा सबैभन्दा बढी क्षति पुगेको छ, जहाँ बाँधको एउटा गेट बाढीले बगाएर ड्याममा समेत क्षति पुगेको छ ।

    त्रिशूली कोरिडोरमा रहेका प्राधिकरणका आयोजनाहरूमा बाढीले क्षति पुर्‍याएपछि सम्भावित जोखिमबाट बच्न उक्त क्षेत्रका अन्य केही आयोजनाहरू पनि बन्द भएका छन् । बाढीले प्रत्यक्ष असर पारेका आयोजनाहरूमा रसुवागढी, चिलिमे र माथिल्लो त्रिशूली ‘थ्री ए’ रहेका छन्, जसकारण त्रिशूली कोरिडोरका मात्रै करिब ६–७ वटा प्लान्ट बन्द अवस्थामा पुगेका छन् । शाक्यका अनुसार, बाढीले माथिल्लो त्रिशूली ‘थ्री ए’ को ड्याममा क्षति पुर्‍याएको छ भने दुई गेट बगाएको छ ।

    यसबाहेक, ६० मेगावाटको माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत आयोजनाको ड्याम साइटमा क्षति पुगेको छ भने २१ मेगावाटको तल्लो त्रिशूली आयोजनाको उत्पादन पनि ठप्प भएको छ । यद्यपि, ठूलो क्षमताका आयोजनाहरू बन्द भए पनि शाक्यले देशभर विद्युतको माग व्यवस्थापनमा कुनै समस्या नभएको स्पष्ट पारेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार