नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
मंगलबार बसेको प्रदेश सभाको बैठकमा नाउपाकी समानुपातिक सांसद उर्मिला देवी सिंहले सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको जानकारी गराएकी हुन् ।
नाउपाले यसअघि संघीय सरकार, सुदूरपश्चिम प्रदेश र लुम्बिनि सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।
१०७ सदस्यीय मधेश प्रदेशमा नेकपा एमालेका २५, नेपाली कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोसपाका ९, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७, नेपाल संघीय समाजवादी पार्टी, नाउपा र राप्रपाका एक एक सांसद रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्