Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

संकटको घडीमा सबै राजनीतिक दल, संघ संस्था एकजुट हुन आवश्यक छः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोटेकोशी नदीमा मंगलबार बिहान आएको भीषण बाढीले नेपाल–चीन जोड्ने मितेरी पुललगायत धेरै महत्त्वपूर्ण संरचनाहरूमा भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले बाढीले भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्राकृतिक विपद्को विषम परिस्थितिमा उद्धार र राहत कार्यका लागि सरकारले सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने बताएका छन् ।  

pm-prachanda.jpg

साथै, उनले पार्टीका सबै तहका नेता–कार्यकर्ताहरूलाई उद्धार र राहत कार्यमा सक्रियतापूर्वक सहभागी हुन निर्देशन दिएका छन् । मौसमविद्हरूले यो वर्ष औसतभन्दा बढी वर्षा हुने चेतावनी दिइरहेको सन्दर्भमा, सरकारले उच्च सतर्कता अपनाउन र विपद् जोखिम न्यूनीकरणका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकता रहेको पनि उनको भनाई छ ।

उनले सम्पूर्ण सरकारी निकाय, राजनीतिक दल, संघ संस्था र नागरिकहरूलाई यो संकटको घडीमा एकजुट भएर कार्य गर्न अपिल पनि गरेका छन् ।