Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

अन्तर्वार्ता:

वित्तीय नेतृत्वदेखि सामाजिक सुरक्षाकोष सम्मको यात्रा: निर्देशक कविराज अधिकारी (भिडियो अन्तर्वार्ता)

नेपालको वित्तीय क्षेत्रमा एक सशक्त नाम हो। कविराज अधिकारी, उनि अहिले सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशकको रूपमा कार्यरत छन्। राष्ट्रिय बाणिज्य बैंकमा दशकौंको अनुभव सङ्गालेका अधिकारीले बैंकिङ क्षेत्रबाट सामाजिक सुरक्षा कोषको  अभियानलाई अझ सशक्त  बनाएर लैजाने बताएका छन्।  

अधिकारीले आफ्नो करियर राष्ट्रिय बाणिज्य बैंकमा शुरू गरेका थिए। यस क्रममा उनले वित्तीय व्यवस्थापन, ग्राहक सेवा, तथा रणनीतिक योजना कार्यान्वयनमा उल्लेखनीय योगदान दिएका थिए। उनका निर्णयहरूले बैंकलाई आर्थिक रूपमा बलियो बनाउनुका साथै वित्तीय सेवा सुधारका क्षेत्रमा नयाँ मार्ग पनि स्थापित गर्यो ।

बैंकिङ क्षेत्रमा योगदान पछि, अधिकारीले सामाजिक सुरक्षा कोषमा  प्रवेश गरेका उनलाई  नियुक्तिका लागि मन्त्रिपरिषद्ले २०८१ साल वैशाख २८ गते मा सिफारिस गरेको थियो। सामाजिक सुरक्षा कोषमा कार्यरत भएर उनले श्रमिक वर्गका लागि दीर्घकालीन आर्थिक स्थायित्व सुनिश्चित गर्न नेतृत्वदायी भूमिका आफूले निर्वाह गरिरहेको बताए।  

सामाजिक सुरक्षा कोषको प्रभावलाई प्रत्येक श्रमिकको जीवनमा प्रत्यक्ष अनुभूति गराउने आफ्नो उद्देश्य  रहेको अधिकारीले  बताए।

अधिकारीको नेतृत्वमा विभिन्न योजनाहरू कार्यान्वयन भएका छन्:

स्वास्थ्य तथा बीमा सुविधा: कर्मचारीहरूको स्वास्थ्य तथा सुरक्षालाई प्राथमिकता दिने नीति।

रिटायरमेन्ट फन्ड व्यवस्थापनस् दीर्घकालीन वित्तीय सुरक्षालाई सुनिश्चित गर्ने व्यवस्था।

कविराज अधिकारीले सामाजिक सुरक्षासम्बन्धी योजनाहरूलाई अझ प्रभावकारी बनाउने बताएका छन्।  उनले ग्रामीण तथा श्रमिक वर्गलाई प्रत्यक्ष लाभ पुर्‍याउने 'समावेशी सामाजिक सुरक्षाको अवधारणा' मा विशेष जोड दिरहेको बताए।   आफ्ना  योजनाहरू आर्थिक स्थायित्व मात्र नभएर  सामाजिक न्यायलाई पनि केन्द्रित गर्ने गरेको अधिकारिले भने। 

निर्देशक कविराज अधिकारीको वित्तीय व्यवस्थापनदेखि सामाजिक सुरक्षासम्मको यात्राको सम्बन्धमा नेपाल रैबारका लागी जिवन बनियाले गरेको कुराकानी भिडियोमा हेर्नुहोस्: