Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

दक्षिण अमेरिकी देश सुरिनाममा पहिलो महिला राष्ट्रपति निर्वाचित

दक्षिण अमेरिकी देश सुरिनामले आफ्नो पहिलो महिला राष्ट्रपति पाएको छ ।

आइतबार संसदले देशको पहिलो महिला राष्ट्रपतिको रूपमा डा. जेनिफर गियरलिंग्स-साइमन्सलाई निर्वाचित गरेको छ । नेशनल डेमोक्रेटिक पार्टीको नेतृत्व गर्ने जेनिफरले जुलाई १६ मा राष्ट्रपतिको रूपमा शपथ लिनेछिन् । सुरिनामलाई संसदले दुई तिहाइ मतले राष्ट्रपतिलाई निर्वाचित गरेको छ ।

सुरिनाममा बढ्दो आर्थिक संकटका बीचमा महिला राष्ट्रपति चुनिएकी छन् । ७१ वर्षीया जेनिफर र उनका साथी ग्रेगरी रसल्याण्डले पहिले देशको आर्थिक अवस्था सुधार गर्ने बताएका छन् ।

उनले विशेष गरी साना सुन खानीहरूबाट कर सङ्कलन जस्ता विधिहरूद्वारा सरकारी राजस्व बढाउने बताएकी छन् ।सुरिनाम ६ लाख ४६ हजार जनसंख्या भएको डच भाषा बोल्ने देश हो ।