नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीमा निषेधको निषेध लागु हुन नसक्ने टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बास्कोटाले नेताहरुलाई केही बाँकी राखेर बोल्न आग्रह गर्दै पार्टीमा निषेधको निषेध लागु हुन नसक्ने बताएका हुन् ।
उनले भनेका छन्- ०३९-४५,०४७-४९,०५२-०५४,०५८-५९,०६५,०७१ र ०७७-७८ मध्ये एउटा नजिकबाट हेरियो, सुनियो । अरुमा संलग्न भईयो-भोगियो । को कस्ता थिए, कता थिए र छन ? त्यो पनि थाहै छ । मेरो भनाई यत्ति छ, केही बाँकी राखेर बोल, ताकि मतान्तरबीच मुस्कुराउदै सगै यात्रा गर्न सकियोस । पार्टीमा निषेधको निषेध लागु हुनै सक्दैन ।
प्रतिक्रिया दिनुहोस्