शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँचदिन

शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँचदिन

कांग्रेस सचेतक र माओवादी सांसदबीच भनाभन, बैठक छोडेर हिँडे श्याम घिमिरे

आषाढ २२, २०८२ आइतवार
आषाढ २२, २०८२ आइतवार
  • शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँचदिन

    प्रतिनिधिसभाअन्तर्गतको शिक्षा समितिले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय दिएको छ । समितिका सभामपति अम्मरबहादुर थापाले शिक्षामन्त्री रघुजी पन्तलाई पाँच दिनभित्र विधेयकमा सहमति जुटाउन भनेका हुन् ।

    आज बैठकको सुरुमै शिक्षामन्त्री पन्तले विधेयकमा सहमति जुटाउन थप समय दिन आग्रह गरेका थिए । तर, समितिका सदस्यहरूले आक्रोश पोखे । उनीहरूले सरकारलाई पटकपटक समय दिन नहुने बताएका थिए । सबै सदस्यले धारणा राखिसकेपछि समितिका सभापति थापाले मन्त्रीलाई अब पाँच दिनभित्र सहमति जुटाउन भनेका हुन् । मन्त्री पन्तले सीमा नतोक्न आग्रह गरे पनि सभापति थापाले मानेनन् ।  

    कांग्रेस सचेतक र माओवादी सांसदबीच भनाभन, बैठक छोडेर हिँडे घिमिरे

    समिति बैठकमा आइतबार नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र नेकपा (माओवादी केन्द्र)का सांसद रेखा शर्माबीच भनाभन भएको छ । 

    बैठकमा शिक्षामन्त्री रघुजी पन्त र कांग्रेस प्रमुख सचेतक घिमिरेले विद्यालय शिक्षा विधेयक पारित गर्न थप समय माग गरेका थिए ।  त्यसपछि शर्माले कुनै पार्टीको ‘ह्वीप’ नमान्ने बताइन् । सहज रूपमा समिति अगाडि बढिरहेको बेला कुनै दलको सचेतकको ह्वीप नमान्ने उनले बताएकी हुन् । “आज आएर फेरि थप समय माग गरिएको छ । हामीलाई कुनै दलको ह्वीप लगाउने काम नहोस् । हामी कसैको ह्वीप मान्न तयार छैनौँ,” उनले भनिन् । 

    शर्माले बोल्दै गर्दा घिमिरे रिसाउँदै नियमापत्ति जनाए । “कसले ह्वीप लगायो । मेरो नियमापत्ति छ । म हिँडे,” उनले भने ।  त्यसपछि  समिति सभापति अम्मरबहादुर थापाले घिमिरेलाई बस्न अनुरोध गरे । तर, घिमिरे बैठकबाट निस्किए । अहिले सिंहदरबारमा समितिको बैठक जारी छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट