शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

बालेनकै आदेशमा काठमाडौं टावरको प्रमाणपत्र दिएँ, अहिले मेरै चरित्रहत्या गरियो: सरोज गुरागाईं

बालेनकै आदेशमा काठमाडौं टावरको प्रमाणपत्र दिएँ, अहिले मेरै चरित्रहत्या गरियो: सरोज गुरागाईं

आषाढ २२, २०८२ आइतवार
आषाढ २२, २०८२ आइतवार
  • बालेनकै आदेशमा काठमाडौं टावरको प्रमाणपत्र दिएँ, अहिले मेरै चरित्रहत्या गरियो: सरोज गुरागाईं

    काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले लामो मौनतापछि मुख खोलेका छन् । काठमाडौं टावरको विषयमा मेयर बालेन शाहले भ्रष्टाचार गरेको दावी गरिरहँदा अन्ततः उनले मुख खोलेका हुन् । गुरागाईंले काठमाडौं टावरको नक्शा पासको विषयलाई जोडेर आफूलाई लगाइँदै आएको आरोपमा कुनै पनि सत्यता नभएको बताए ।

    पहिलै भएको निर्णय आफूले कार्यान्वयन मात्रै गरेको उनको भनाइ छ । ‘मैले पहिला भएका निर्णयहरूलाई अनुमोदन ‘इन्डोर्स’ मात्रै गरेको हो । मैले नक्शा स्वीकृत गर्ने बेलामा पनि प्रष्टसँग त्यही उल्लेख गरेको छु,’ उनले भने, ‘सम्वन्धित निकायले मेरो कमजोरी देखायो, नियम, कानुन र प्रक्रियामा दोषि प्रमाणित गर्यो भने म कारबाही भोग्न तयार छु, तर अहिले जुन ढंगबाट लाल्छना लगाउने काम भएको छ त्यो गलत छ ।’

    प्रमुख प्रशासकीय अधिकृत गुरागाईले आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको भन्दै आफ्ना कारणले बजेट रोकिनु नहुनेमा जोड दिएका छन् । ‘म बजेट आउनुपर्छ भन्नेमा छु । मेयर सा’ब तथा उपमेयर ज्यु र जनप्रतिनिधिका निर्णयहरुमा बाधक बन्दिनँ भनेर पनि मैले भन्दै आएको छु,’ उनले भने, ‘तर, अहिले जुन ढंगले बजेटसँग टावरको विषयलाई जोडिएको छ, त्यो जोड्नुपर्ने कारण नै होइन भन्ने लाग्छ । कसैले ‘तँ भ्रष्टाचारी हो भनेर भन्ने वितिक्कै ऊ भ्रष्टाचारी हुँदैन ।’

    उनले आफू नरहेका बेला पनि लामो समयदेखि बैठक नबसेको स्मरण गरेका छन् । ‘व्यक्ति तोकेर तँ भ्रष्टाचारी होस् भन्न मिल्ला ? त्यो विषय आधिकारिक निकायले भन्ने कुरा होला नि,’ गुरागाईंले थपे, ‘त्यसरी व्यक्तिको चरित्र हत्या गर्ने कुरा गलत छ । यदि तपाईलाई कसैले विना प्रमाण चरित्र हत्या गर्छ भन्ने त्यसलाई ठिक भन्न सक्नु हुन्छ ? मैले अहिलेसम्म मेयर सावका बारेमा केही पनि भनेको छैन नि ? अनि मेयरको सचिवालयको हवला दिदैँ मलाई आरोप लगाउने कुरा कसरी ठीक हुन्छ ? मलाई भ्रष्टाचारी करार गर्ने निकाय उहाँको सचिवालय त होइन होला नि ? आधिकारिक निकाय हुन्छ होला । उसले मेरो बारेमा छानविन गरिरहेको होला नि ?’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट