शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नेकपा एसको सचिवालय बैठक बस्दै, झाँक्रीको स्पष्टिकरणबारे छलफल हुने

नेकपा एसको सचिवालय बैठक बस्दै, झाँक्रीको स्पष्टिकरणबारे छलफल हुने

आषाढ २२, २०८२ आइतवार
आषाढ २२, २०८२ आइतवार
  • नेकपा एसको सचिवालय बैठक बस्दै, झाँक्रीको स्पष्टिकरणबारे छलफल हुने

    नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज (आइतबार) बस्दैछ । बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सचिवालय बैठक बस्ने तय भएको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।

    बैठकमा पतञ्जली जग्गा प्रकरणमा अध्यक्षा माधवकुमार नेपालमाथि लागेको भ्रष्टाचार मुद्दा लगायत समसामयिक राजनीतिक विषयबारे छलफल हुने ज्वालाले जानकारी दिए । अघिल्लो सचिवालय बैठकमा अध्यक्ष नेपालले आफूमाथि लागेको आरोपबारे ब्रिफिङ गरेका थिए । आज त्यसबारे छलफल जारी रहने प्रचार विभाग प्रमुख ज्वालाले बताए ।

    यस्तै नेता रामकुमारी झाँक्री स्पष्टिकरणको विषयमा पनि छलफल हुने बताइएको छ । त्यसमा एजेण्डा नै तय गरिएको नभए पनि छलफलका क्रममा विषय उठान हुने एक नेताले बताए ।

    अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा दायर भएपछि झाक्रीले अर्ली महाधिवेशन गरेर अध्यक्ष फेर्नुपर्ने बताएकी थिइन् । पार्टी अध्यक्षलाई इंगित गर्दै ‘सिनो बोकेर हिँड्न नसक्ने’ भनेपछि पार्टीभित्र उनको चर्को आलोचना भइरहेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार