शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

अमेरिकाको राजनीतिमा तरङ्ग, मस्कले खोले नयाँ पार्टी

अमेरिकाको राजनीतिमा तरङ्ग, मस्कले खोले नयाँ पार्टी

आषाढ २२, २०८२ आइतवार
आषाढ २२, २०८२ आइतवार
  • अमेरिकाको राजनीतिमा तरङ्ग, मस्कले खोले नयाँ पार्टी

    अमेरिकी अर्बपति व्यवसायी एलन मस्कले शनिबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्वीटर) मा ‘अमेरिका पार्टी’ नामक नयाँ राजनीतिक दलको सुरुवातको घोषणा गरेका छन् । यसले अमेरिकी राजनीतिमा तरङ्ग ल्याएको छ ।

    मस्कले आफ्नो शक्ति प्रदर्शन गर्दै डेमोक्रेट र रिपब्लिकन दलहरूका लागि नयाँ चुनौती प्रस्तुत गर्न लागेका हुन्। मस्कले भनेका छन्–आज अमेरिका पार्टी गठन हुँदैछ ताकि तपाईले आफ्नो स्वतन्त्रता फिर्ता पाउन सक्नुहोस् । मस्कले यस सम्बन्धमा एक्समा सार्वजनिक सर्वेक्षण पनि गरे ।

    मस्कले आफ्नो पोस्टमा भनेका छन्– ‘तपाईहरूमध्ये ६६ प्रतिशतले नयाँ राजनीतिक दल चाहनुहुन्छ र अब तपाईले त्यो पाउनु हुनेछ । अमेरिकालाई बर्बाद गर्ने र भ्रष्टाचार गर्ने कुरा आउँदा, अमेरिकाका दुवै दल (रिपब्लिकन र डेमोक्रेट) एउटै हुन् । अब देशले दुई दलीय प्रणालीबाट मुक्ति पाउनेछ ।’

    मस्कले ४ जुलाई अमेरिकाको स्वतन्त्रता दिवसमा एक्समा एउटा पोल पोस्ट गरे । यसमा उनले सोधे, ‘के तपाईं दुई दलीय प्रणालीबाट स्वतन्त्रता चाहनुहुन्छ ? के हामीले अमेरिकालाई पार्टी बनाउनु पर्छ ?’ पोलको नतिजामा ६५.४ प्रतिशतले ‘हो’ र ३४.६ ले ‘होइन’ मतदान गरे । मस्क र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ‘बिग ब्यूटीफुल बिल’ लाई लिएर चर्को बहस भएको थियो । त्यसपछि मस्कले आफू ट्रम्प प्रशासनबाट बिदा भएको घोषणा गरेका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार