शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

मेयर हर्क साम्पाङले मागे प्रमुख प्रशासकीय अधिकृतसँग स्पष्टीकरण

मेयर हर्क साम्पाङले मागे प्रमुख प्रशासकीय अधिकृतसँग स्पष्टीकरण

आषाढ २१, २०८२ शनिवार
आषाढ २१, २०८२ शनिवार
  • मेयर हर्क साम्पाङले मागे प्रमुख प्रशासकीय अधिकृतसँग स्पष्टीकरण

    श्रमदानको भुक्तानी विवादले बजेट ल्याउन नसकेको धरान उपमहानगरपालिकामा प्रमुख र प्रशासकीय अधिकृतबीच विवाद झनै चुलिएको छ ।

    योजना भुक्तानीको विषयलाई लिएर नगर प्रमुख हर्क साम्पाङ र अधिकृत अम्बिकाप्रसाद चौलागाईँबीचको विवाद स्पष्टीकरण माग्ने स्तरसम्म पुगेको हो । साम्पाङले दुई महिनाअघि सम्पन्न भइसकेको योजनाका भुक्तानी रोकिनुको कारण मागेका छन् ।

    यही असार २ गते धरान– १६ स्थित बहुभाषिक पाठशालालाई बाढीबाट जोगाउन सर्दुखोलामा लगाइएको तारजाली विवादले महानगरमा तनाव सिर्जना भएको थियो । शुरुमा श्रमदान भनिएको योजनामा केही सीमित व्यक्तिको डोरहाजिर गराएर मेयरले भुक्तानी मागेको भन्दै विवाद भएको थियो । यो भुक्तानी अहिलेसम्म पनि रोकिएको छ ।

    त्यसै विषयमा मेयर साम्पाङले लिखित स्पष्टीकरण मागेका हुन् । मेयर साम्पाङले पत्रमा आफूले सम्झौता गरी सबै प्रक्रिया पूरा भइसकेको र सार्वजनिक परीक्षण समेत भइसकेको अवस्थामा भुक्तानी रोकिएकोमा आपत्ति जनाएका छन्। नगर प्रमुख साम्पाङ, उपप्रमुख आइन्द्रविक्रम बेघा र प्रशासकीय अधिकृतबीचको विवादले महानगरले आगामी वर्षको बजेट समेत ल्याउन सकेको छैन । ‘उपमेयरको पत्रकार सम्मेलनको जवाफ’ भन्दै साम्पाङले आज बिहानै प्रमुख प्रशासकीय अधिकृतलाई सोधिएको स्पष्टीकरणको पत्र फेसबुकमा सार्वजनिक गरेका छन् ।

    h.jpeg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट