सिंगापुरले एसीसी यू-१६ इस्ट जोन प्रतियोगिताको फाइनलमा नेपाललाई ११४ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिंग गरेको सिंगापुरले ४०.५ ओभरमा अल आउट हुदै ११३ रन मात्र बनाएको हो ।
सिंगापुरका लागि रोहण अस्टिन अरुणले २३ तथा कप्तान रियान नायकले १५ रन बनाए भने पुछारका ब्याट्सम्यान आकास तेजाले १० र भेदांश गुप्ताले १२ रन बनाएका थिए ।
त्यस्तै नेपाली बलर अभय यादव र सुशील बहादुर रावलले ३-३ विकेट लिए भने कप्तान शुभम खनालले २ तथा विपिन शर्माले एक विकेट लिए ।
अब नेपालले उपाधि जित्न ११४ रनको लक्ष्य पाएको छ ।
प्रतिक्रिया दिनुहोस्