Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

एसीसी यू-१६ इस्ट जोन प्रतियोगिताको फाइनलमा सिंगापुरले नेपाललाई दियो ११४ रनको लक्ष्य

सिंगापुरले एसीसी यू-१६ इस्ट जोन प्रतियोगिताको फाइनलमा नेपाललाई ११४ रनको लक्ष्य दिएको छ । 

टस जितेर पहिला ब्याटिंग गरेको सिंगापुरले ४०.५ ओभरमा अल आउट हुदै ११३ रन मात्र बनाएको हो ।

सिंगापुरका लागि रोहण अस्टिन अरुणले २३ तथा कप्तान रियान नायकले १५ रन बनाए भने पुछारका ब्याट्सम्यान आकास तेजाले १० र भेदांश गुप्ताले १२ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर अभय यादव र सुशील बहादुर रावलले ३-३ विकेट लिए भने कप्तान शुभम खनालले २ तथा विपिन शर्माले एक विकेट लिए ।

अब नेपालले उपाधि जित्न ११४ रनको लक्ष्य पाएको छ ।