ब्राजिलियन क्लब फ्लुमिनेन्स जारी फिफा क्लब विश्वकपको सेमिफाइनलमा पुगेको छ ।
गएराती सम्पन्न क्वाटरफाइनलको खेलमा फ्लुमिनेन्सले साउदी प्रो लिग क्लब अल हिलाललाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
फ्लुमिनेन्सको जितमा माथ्युज मार्टिनेली र हर्कुलसले एक एक गोल गरेका थिए । त्यस्तै अल हिलालका लागि एक गोल मार्कस लियोनार्दोले गरेका थिए । यो हारसँगै अल हिलालको क्लब विश्वकप यात्रा टुंगिएको छ ।
अब सेमिफाइनलमा फ्लुमिनेन्सले चेल्सी र पाल्मिरासबीचको विजेतासँग खेल्ने छ ।
प्रतिक्रिया दिनुहोस्