शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

दलाई लामा बारे भारतले के भन्यो?

दलाई लामा बारे भारतले के भन्यो?

आषाढ २०, २०८२ शुक्रवार
आषाढ २०, २०८२ शुक्रवार
  • दलाई लामा बारे भारतले के भन्यो?

    भारतले दलाई लामा बारे प्रतिक्रिया दिएको छ । शुक्रबार भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै तिब्बती बौद्ध धर्मका आध्यात्मिक नेता दलाई लामाको बारेमा टिप्पणी गरेको छ ।

    भारतले आस्था र धर्मसँग जोडिएका विश्वास र परम्परामा कुनै अडान नलिने बताउदै यसप्रति कुनै टिप्पणी नगर्ने बताएको छ ।

     विदेश मन्त्रालयले भनेको छ- 'दलाई लामा संस्थाको निरन्तरताको बारेमा दलाई लामाले दिएको बयानसँग सम्बन्धित रिपोर्टहरू हामीले देखेका छौं । भारत सरकारले आस्था र धर्मसँग सम्बन्धित विश्वास र परम्पराहरूमा कुनै अडान लिँदैन र न त यसमा टिप्पणी नै गर्छ ।' विज्ञप्तिमा अगाडी भनिएको छ- 'सरकारले सधैं भारतमा सबैको लागि धार्मिक स्वतन्त्रतालाई समर्थन गरेको छ र त्यसो गरिरहनेछ ।'

    दलाई लामाले बुधबार आफ्नो जारी रहने बताएका थिए । उनले एक भिडियो सन्देश जारी गर्दै आफ्नो मृत्यु पछि पनि उत्तराधिकारी खोज्ने प्रक्रिया जारी रहने बताएका थिए ।

    तर चीनले दलाई लामाको उत्तराधिकारीको मुद्दामा कडा आपत्ति जनाएको छ । दलाई लामाको सन्देशलाई अस्वीकार गर्दै, चीनको विदेश मन्त्रालयले उनको पुनर्जन्मलाई चिनियाँ सरकारको स्वीकृति आवश्यक रहेको स्पष्ट गरेको थियो । चीनले दलाई लामाको उत्तराधिकारको प्रक्रियाले चीनको कानून र नियमहरू साथै 'धार्मिक अनुष्ठान र ऐतिहासिक परम्परा' पालना गर्नुपर्ने पनि बताएको छ ।

    दलाई लामालाई तिब्बतका संरक्षक संत अवलोकितेश्वर वा चेनरेजिगको जीवित अवतार मानिन्छ । दलाई लामाको भूमिका प्राचीन छ र १५औं शताब्दीदेखि अहिलेसम्म १४ दलाई लामाहरू बनेका छन् । मार्चमा प्रकाशित आफ्नो पुस्तक भ्वाइस फर द भ्वाइसलेसमा दलाई लामाले उत्तराधिकारी चीन बाहिर जन्मने सम्भावना पनि रहेको बताएका थिए । दलाई लामाको मृत्यु पछि, उनको पुनर्जन्म हुन्छ र धार्मिक नेताले त्यो बच्चा खोज्ने परम्परा रहेको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट