शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि हकप्रद सेयर निष्कासन गर्दै

नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि हकप्रद सेयर निष्कासन गर्दै

आषाढ २०, २०८२ शुक्रवार
आषाढ २०, २०८२ शुक्रवार
  • नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि हकप्रद सेयर निष्कासन गर्दै

    नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेदेखि आफ्नो हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

    कम्पनीले हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत बराबरको हकप्रद सेयर ल्याउन लागेको हो । यस हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले जेठ ३० गते बुक क्लोज गरिसकेको छ ।

    त्यसअनुसार जेठ २९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई नाम कायम भएका सेयरधनीहरूले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । नेपाल इन्स्योरेन्सले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ३.४७८३ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ६५ लाख ७६ हजार ९६७.७६ कित्ता सेयर, अर्थात ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार