सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत हुम्ला जिल्ला सर्केगाड गाँउपालिका वडा नम्बर ३ उनापानीमा असार १ गतेका दिनभएको आगलागीमा परेका ८ बटा घर पिडितहरुलाई आवश्यक राहत स्वरुप खाद्यान्न सामाग्री लगायत लत्ता कपडाहरू वितरण गरेको छ ।
घर जलेर घरबारविहीन भएका परिवारहरुलाई सानै भएतापनि सहयोग गर्न पाँउदा पिडितहरुको दिनचर्यामा केहीदिनको लागी भएपनि सहजता आउने विश्वास बैंकले लिएको छ ।
पीडितहरुलाई राहत वितरण कार्यक्रममा बैंकका कर्णाली प्रदेश सर्केगाड शाखाका शाखा प्रमुख लगायत अन्य कर्मचारीहरु तथा टोलका समाजसेवी बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।
वितरण गरिएको खाद्यान्न सामग्रीमा चामल, दाल, आलु, तेल र अन्य सामाग्री एवं लत्ता कपडाहरूमा कुकर,डाडु तथा पिठो रहेको छ । संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत बैंकले यस अघि नै देशका बिभिन्न स्थानहरुमा स्वस्थशिविर सन्चालन, समुदायिक विद्यालय एंव मठ मन्दिरहरुमा सहयोगहरु गरिसकेका छ ।