Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सिटिजन्स बैंकद्वारा कर्णाली हुम्ला, जिल्ला सर्केगाड गाउँपालिकाका अग्नि पीडितलाई राहत वितरण

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत हुम्ला जिल्ला सर्केगाड गाँउपालिका वडा नम्बर ३ उनापानीमा असार १ गतेका दिनभएको आगलागीमा परेका ८ बटा घर पिडितहरुलाई आवश्यक राहत स्वरुप खाद्यान्न सामाग्री लगायत लत्ता कपडाहरू वितरण गरेको छ ।

घर जलेर घरबारविहीन भएका परिवारहरुलाई सानै भएतापनि सहयोग गर्न पाँउदा पिडितहरुको दिनचर्यामा केहीदिनको लागी भएपनि सहजता आउने विश्वास बैंकले लिएको छ ।

पीडितहरुलाई राहत वितरण कार्यक्रममा बैंकका कर्णाली प्रदेश सर्केगाड शाखाका शाखा प्रमुख लगायत अन्य कर्मचारीहरु तथा टोलका समाजसेवी बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

वितरण गरिएको खाद्यान्न सामग्रीमा चामल, दाल, आलु, तेल र अन्य सामाग्री एवं लत्ता कपडाहरूमा कुकर,डाडु तथा पिठो रहेको छ । संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत बैंकले यस अघि नै देशका बिभिन्न स्थानहरुमा स्वस्थशिविर सन्चालन, समुदायिक विद्यालय एंव मठ मन्दिरहरुमा सहयोगहरु गरिसकेका छ ।