शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

गीताको गोलमा नेपालको श्रीलंकाविरुद्ध शुरुवाती अग्रता

गीताको गोलमा नेपालको श्रीलंकाविरुद्ध शुरुवाती अग्रता

आषाढ १८, २०८२ बुधवार
आषाढ १८, २०८२ बुधवार
  • गीताको गोलमा नेपालको श्रीलंकाविरुद्ध शुरुवाती अग्रता

    नेपालले श्रीलंकाविरुद्ध शुरुवाती अग्रता लिएको छ । 

    उज्बेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गतको खेलमा नेपालले श्रीलंकाविरुद्ध १-० को अग्रता लिएको हो ।

    नेपालका लागि गीता राणाले हेडमार्फत सुन्दरगोल गर्दै नेपाललाई खेलको छैटौं मिनेटमा अग्रता दिलाएकी हुन् । 

    फिफा वरियतामा श्रीलंका नेपालभन्दा धेरै पछाडीको टिम हो । नेपाल हाल फिफाको महिला वरियताको सयौं स्थानमा छ भने श्रीलंका १५९औं स्थानमा रहेको छ ।

    यस छनौट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा लाओसविरुद्ध ९-० गोल अन्तरको जित हासिल गरेर शानदार शुरुवात गरेको छ । त्यस्तै श्रीलंकाले भने आफ्नो पहिलो खेल उज्बेक्स्तानसँग १०-० ले हारेको थियो ।  

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार