नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्जाइजी कर्णाली याक्सले मार्की खेलाडी एवं कप्तान सोमपाल कामीसहित ७ खेलाडी रिटेन गरेको छ ।
कर्णालीले रिटेन र रिलिज खेलाडीको सुची सार्बजनिक गरेको हो । कर्णालीले मार्की तथा कप्तान कामीसहित, गुलशन झाम विपिन शर्मा, दिपेन्द्र रावत, नन्दन यादव, अर्जुन घर्ति र उनिश विक्रम ठकुरीलाई रिटेन गरेको छ ।
त्यस्तै कर्णालीले देव खनाल, रित गौतम, भुवन कार्की, दिपक डुम्रे र मौसम ढकाललाई रिलिज गरेको छ ।
पहिलो संस्करणको एनपीएलमा कर्णाली दोस्रो क्वालिफायरमा जनकपुर वोल्ट्ससँग पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्