शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नेपालले भुटानलाई दियो ३५९ रनको विशाल लक्ष्य

नेपालले भुटानलाई दियो ३५९ रनको विशाल लक्ष्य

आषाढ १७, २०८२ मंगलवार
आषाढ १७, २०८२ मंगलवार
  • नेपालले भुटानलाई दियो ३५९ रनको विशाल लक्ष्य

    एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले भुटानलाई ३५९ रनको विशाल लक्ष्य दिएको छ । मलेशियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा पाँच विकेट गुमाएर ३५८ रन बनायो ।

    नेपालका रौनक श्रीवास्तवले शतक बनाए । उनले १३२ बलमा १६८ रन बनाए । यस्तै जोय थापाले अविजित ६१, सिवान्स बजगाइँ ५४ र सुगम बूढाथोकीले ३५ रन बनाए । भुटानका सन्जय डोर्जीले तीन विकेट लिए । यस्तै तेन्जिन लोडे जमत्सोले एक विकेट लिए । भुटानले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।

    अहिलेसम्म खेलेका तीनवटै खेलमा विजयी हुँदै समूह ‘ए’मा शीर्ष स्थानमा रहँदै नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ । नेपालसँगै समूह ‘ए’ बाट चार खेलमा छ अङ्कसहित दोश्रो स्थानमा रहेको सिङ्गापुर पनि सेमिफाइनलमा पुगेको छ । यस्तै समूह ‘बी’ बाट मलेशिया र हङकङ सेमिफाइनलमा प्रवेश गरेका छन् । आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई छ विकेट, दोश्रो खेलमा जापानलाई नौ विकेट र इन्डोनेसियालाई ४२१ रनको फराकिलो अन्तरले हराएको थियो ।

    १६ वर्षमुनिको इस्ट जोन कपमा १० वटा टोली सहभागी छन् । समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भूटान र जापान छन् । यस्तै समूह ‘बी’ मा आयोजक मलेशियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् । सेमिफाइनलका खेलहरु पर्सि बिहीवार हुनेछन् । प्रतियोगिताको फाइनल खेल असार २१ गते शनिवार हुनेछ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार