Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

भुटानविरुद्ध रौनक श्रीवास्तवले बनाए शतक

एसीसी यू–१६ ईस्ट जोन कपमा रौनक श्रीवास्तवले शतक प्रहार गरेका छन् ।

भुटान विरुद्धको खेलमा शतक प्रहार गरेका हुन् । नेपालका लागि चौंथो क्रममा आएका रौनकले ९५ बलमा १० चौका र १ छक्कासहित शतक पूरा गरेका हुन् ।

उनले ३६.४ ओभरमा शतकीय पारी पूरा गरे । नेपाल ३७ ओभरको खेल सक्दा ४ विकेटको क्षतिमा २३८ रन बनाएर खेलिरहेको छ ।

यसअघि नेपालका ओपनर ब्याटल प्रसिद्ध जैसीले इन्डोनेसिया विरुद्ध १३२ रनको शतकीय पारी खेलेका थिए । नेपालले यसअघि समूह चरणको तीन खेल जितिसकेको छ । समूह ‘ए’ को शीर्षस्थानमा रहेको नेपाल अभिजित रहँदै सेमीफाइनल प्रवेश गर्न चाहन्छ ।

नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेट, दोस्रो खेलमा जापानविरुद्ध ९ विकेट र तेस्रो खेलमा इन्डोनेसियालाई ३७० रनले हराएको थियो ।